नहुनु थियो भईत गयो
छाडेर फेरी माईत गयो
पछुतो भयो बिछोड पछि
उनकै माया लाईत गयो
नहुनु थियो भईत गयो
रिसको बेला देखिन आँखा
पाखुरा छिटो गईत गयो
नहुनु थियो भईत गयो
भएछ गल्ती निहुरी ढोगे
उनले भाउ पाईत गयो
नहुनु थियो भईत गयो
कुरेर बाटो बर्षौ बित्यो
यो साल पनि चैत गयो
नहुनु थियो भईत गयो
नहुनु थियो भईत गयो
छाडेर फेरी माईत गयो
2,
आगोको झिल्को सानो हुँदैन
बेदना दिल्को सानो हुँदैन
साउने जस्तै झर्ने वर्षात
आँखाको डिल्को सानो हुँदैन
देखिन्न काडा पस्छ छातीमा
निशाना खिल्को सानो हुँदैन
अल्झाइ राख्छ झिर उनेर
बन्धन सिल्को सानो हुँदैन
छाडेर जाने मिठो आवाज
पापी कोकिल्को सानो हुँदैन